रियल म्याड्रिडको नाटकीय जित

रियल म्याड्रिडको नाटकीय जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले इन्ज्युरी समयमा गरेको गोलमा रियल मड्रिडले शनिबार साँझ स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा बेलिङ्घमले इन्ज्युरी समयमा गोल गर्दै म्याड्रिडलाई जित दिलाए। यसै सिजन म्याड्रिड आएका उनले अहिलेसम्म लिगको हरेक खेलमा गोल गरेका छन्।

गेटाफेको घरेलु मैदान कोलिसियम अल्फोन्सो पेरेजमा भएको खेलमा घरेलु टोलीले रियल म्याड्रिडकै पूर्व खेलाडी बोर्जा मायोरालको गोलको मद्दतले ११औँ मिनेटमा अग्रता लिएको थियो।

२३औं मिनेटमा बेलिङ्घमलाई गेटाफेका कारलेस अलेनाले लडाएपछि म्याड्रिडले पेनाल्टीको अपील गरेको थियो। तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई पेनाल्टी नदिएपछि म्याड्रिडले बराबरी गर्ने अवसर पाएन । ३२औं मिनेटमा लुका मोड्रीचको हेडर गेटाफे गोलरक्षक डेविड सोरयाले उत्कृष्ट बचाउ गरे ।

४०औं मिनेट जोसेलुको प्रयास पुनः सोरियाले विफल पारे । तर दोस्रो हाफको सुरुवाती समयमा नै जोसेलुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । मोड्रिचको उत्कृष्ट क्रसमा जोसेलुले बललाई जालीको दिशा देखाएका थिए ।

५४औं मिनेटमा टोनी क्रूसको प्रहार गोलपोस्टमा लागेर फर्कियो । ६५औं मिनेटमा ड्यानी कार्वाजालको प्रहार पनि गोलपोस्टमा लागेर बाहिरियो र म्याड्रिड अग्रता लिन बाट चुक्यो । त्यसको दुई मिनेट पछि रोद्रीगाेको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो।

म्याड्रिडले अन्तिम समयमा गोल गर्दै जित भने निकाल्यो । लुकास भास्केजले लिएको सट खेलमा उत्कृष्ट प्रदर्शन गरेका सोरीयाले समात्न नसक्दा बल सिधै बेलिङ्घमको खुट्टामा पुगेको थियो । बेलिङ्घमले त्यस बललाई सजिलै पोस्टको दिशा देखाएपछि म्याड्रिडले तीन अंक नै हासिल गर्न सफल भयो ।

जितसँगै म्याड्रिड चार खेल्न १२ अंक सहित तालिकाको पहिलो स्थानमा छ । गेटाफे भने चार अंक सहित १४औं स्थानमा छ। ला लिगामा बोली राति म्याड्रिडको चित परिचित प्रतिद्वन्दी बार्सिलोनाले ओसासुनाको सामना गर्नेछ ।

Logo