कप्तान सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

कप्तान सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाका कप्तान सन ह्युङ मिनको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा टोटेनहम हट्सपरले बर्नलीको मैदानमा फराकिलो जित दर्ता गरेको छ ।

कप्तान सनको ह्याट्रिकमा टोटनहमले बर्नलीलाई ५–२ ले हराएको हो । बर्नलीको घरेलु मैदान टर्फ मुरमा भएको खेलमा घरेलु टोलीले चौथो मिनेटमा लिल फोस्टरको गोलबाट अग्रता लिएको थियो । तर पछि परेको अवस्थाबाट स्पर्सले पुनरागमन जित हासिल गर्न सफल भयो ।

१६औं मिनेटमा सनले मनोर सोलोमनको पासमा बराबरी गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै स्पर्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट रिबाउन्डमा आएको बललाई टप कर्नरमा गोल गरे ।

दोस्रो हाफमा पनि खेलमा टोटनहमकै पकड रह्यो । ५४औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै अग्रता दोब्बर पारे । ६३औँ र ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो र तेस्रो गोल गर्दै सनले आफ्नो ह्याट्रिक पूरा गर्दै जित सुनिश्चित गरे । जितसँगै स्पर्स चार खेलमा १० अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । हार बेहोरेको बर्नलीलाई बिना अंक सहित तालिकाको पुछारमा छ ।

Logo