आइसिसी महिला टि-ट्वान्टी विश्वकपः कतारविरुद्ध नेपाल ९ विकेटले विजयी

आइसिसी महिला टि-ट्वान्टी विश्वकपः कतारविरुद्ध नेपाल ९ विकेटले विजयी

केन्द्रबिन्दु
0
Shares

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो। नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गर्‍यो।

नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन्। उनले २८ बल खेल्दै ३२ रन बनाएकी थिइन्। अर्की ओपनर सिता रानामगर १७ रनमा नकआउट रहँदा इन्दु बर्मा पनि २० रन बनाउँदै क्रिजमा रहिन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दु बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्।

कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्। कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दु बर्माले ३ विकेट लिइन भने पूजा महतो र कविता जोशीले एक एक विकेट लिए।

लगातार चौथो जित निकालेको नेपालले ८ अंक भएको छ। कतार चारै खेलमा पराजित हुँदै बाहिरिएको छ। आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको थियो।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

Logo