नेपालले भारतविरुद्ध टस हार्‍याे

नेपालले भारतविरुद्ध टस हार्‍याे

केन्द्रबिन्दु
0
Shares

नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसँगै नेपाल केहीबेरमा ब्याटिङका लागि मैदानमा उत्रनेछ । नेपालले भारतसँग पहिलो पटक यो उपल्लोस्तरको खेल खेल्न लागेको पहिलो पटक हो ।

नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेल पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो।  तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो। 

भारतविरुद्धको खेल नेपालका लागि जति अर्थपूर्ण छ भारतका लागि झनै महत्वपूर्ण बनेको छ। पाकिस्तानसँग अङ्क बाँडेसँगै भारतलाई अघिल्लो चरण पुग्न नेपालविरुद्धको खेलमा रद्द या जित आवश्यक छ। नेपाललाई भने जितबाहेक अन्य विकल्प छैन।

समूह ‘ए’ बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाइसकेको छ। पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ। सुपर फोरमा स्थान बनाउने पाकिस्तान पहिलो टोलीसमेत बनिसकेको छ। यस्तै नेपाल र भारतले पनि समूहको पहिलो खेल खेलिसकेका छन्।

नेपालको प्लेइङ ११ः

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

भारतको प्लेइङ ११ः

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।

Logo