भारतविरुद्ध नेपालकाे १०० रन पूरा, चाैथाे विकेट पतन

भारतविरुद्ध नेपालकाे १०० रन पूरा, चाैथाे विकेट पतन

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १०० रनको आँकडा पूरा गरेको हो । हाल क्रिजमा ओपनर आसिफ शेख र गुल्सान झा रहेका छन् । 

नेपालको चौथो विकेटमा कुशल मल्ललाई २ रनमै गुमाएको हो । 

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए  । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।

त्यसपछि दोस्रो विकेटमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । साथै कप्तान रोहित कुमार पौडेल ५ रनमै पवेलियन फर्किए । 

Logo