एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ओपनर आसिफ शेखलाई गुमाएको हो । महत्वपूर्ण अर्धशतक प्रहार गरेका उनी आउट भएपछि नेपाल संकटमा परेको छ । खेलको २९ ओभरको पाँचौ बलमा उनी उनी ५८ रनमा मोहम्म्द सिरजको बलमा क्याच आउट भएका हुन् ।
ओपनर आसिफले ८८ बलमा अर्धशतक पूरा गरेका थिए । सो क्रममा उनले ८ चौका प्रहार गरेका छन् । उनको यो भारतविरुद्ध पहिलो ऐतिहासिक अर्धशतक हो ।
यसअघि उनी दोस्रो ओभरको दोस्रो बलमा मोहम्मद सिरजकै बलमा विराट कोहलीबाट क्याच आउट हुने थिए तर, कोहलीले समातेको बल पनि छाडे । योपटक भने उनले नै समाते । त्यसपछि पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ६५ रनको साझेदारी गरेका थिए ।





























प्रतिक्रिया