एसिया कप २०२३ अन्तर्गत नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्यो। जित्न त सकेन तर, भारतसँग निडर ब्याटिङ गरेको नेपाली टिमको अहिले प्रशंसा भने चौतर्फी रुपमा भइरहेको छ।
वर्षाले प्रभावित खेलमा नेपालले सन्तोषजनक बलिङ नगरेपछि भारतसँग १० विकेटले पराजित भएको थियो । यस्तो अवस्थामा टोलीको मनोबल गिरेको थियो । त्यसै बखत नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भारतविरूद्धको खेलमा राम्रो खेलेका खेलाडीलाई मेडन लगाउन भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूममा निम्ता दिए । त्यसपछि त्यहाँ उनले भारतीय प्रशिक्षक राहुल द्रविण र खेलाडीहरूको हातबाट आफ्ना खेलाडीलाई मेडल थाप्न लगाए ।
आइसिसी विश्व क्रिकेट लिग -२ का पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा स्थान बनाउँदा महत्वपूर्ण भूमिका खेलेका देसाईले यसअघि पनि नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ का कार्यक्रम गर्दै आएका थिए । सोही ‘ह्याप्पी ड्रेसिङ रूम’को निरन्तरता उनले सोमबार पनि दिएका हुन् ।
भिडियोमा प्रशिक्षक द्रविणसहित ब्याट्सम्यान राहुल द्रविण, हार्दिक पाण्ड्यालगायतले नेपाली खेलाडीहरू आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलाई तक्मा लगाइदिएको देखिन्छ ।





























प्रतिक्रिया