आइसिसी टि-२० विश्वकप एसिया छनोटः नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

आइसिसी टि-२० विश्वकप एसिया छनोटः नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ। 

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन। तीनवटै खेलको टससमेत हुनसकेको छैन।

प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ। लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ। आजको खेल जिते नेपाल समूह विजेता बन्नेछ। समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा छ।

Logo