एसिया कप फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेशले आज प्रतिस्पर्धा गर्दै

एसिया कप फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेशले आज प्रतिस्पर्धा गर्दै

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। नेपाली समय अनुसार खेल सवा ३ बजे सुरु हुनेछ। 

आजको विजेता टोलीले शुक्रबार भारतसँग उपाधिका लागि भिडन्त गर्नेछ। पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फर्रम्याटमा खेलाइएको हो।

जसमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए। यसअघि नै भारतले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश खेल्दैछन्। समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन्। बुधबार बंगलादेश र पाकिस्तानलेफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए। भारतसँग भने दुवै टिम पराजित भएका थिए। त्यसैले पाकिस्तान र बंगलादेशको २-२ अंक रहेकाले आजको विजेता टोली नै फाइनल पुग्ने छ।

श्रीलंकाले हिजो भएको खेलमा अफगानिस्तानलाई दुई रनले हराउँदै सुपर फोरमा स्थान बनाएको छ। समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो। अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन्।

Logo