पाकिस्तानविरुद्ध बङ्गलादेश अलआउट

पाकिस्तानविरुद्ध बङ्गलादेश अलआउट


एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई सामान्य लक्ष्य दिएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भएको हो । बङ्गलादेशका लागि मुशफिकर रहिम र शाकिब अल हसनले अर्धशतकीय इनिङको योगदान दिए । मुशफिकर ६४ रनमा आउट हुँदा शाकिब ५३ रन बनाएर आउट भए । 

त्यस्तै, ओपनर मोहम्मद नैमले २० रन जोडे भने लिटन दास र होसैनले समान १६/१६ रन जोडे ।

बङ्गलादेशलाई रोक्न बलिङतर्फ पाकिस्तानका हरिस रौफले सर्वाधिक ४ विकेट लिए भने नसिम शाहले ३ विकेट लिए । त्यस्तै, शाहिन शाह अफ्रिदी र असरफ र इफ्तिकरले समान एकएक विकेट लिए । 

समूह 'ए' बाट शीर्ष स्थानमा रहँदै गएकाे पाकिस्तानले समूह 'बी'काे  दोस्रो स्थानमा रहेकाे बङ्गलादेशसँग खेलेकाे हाे । 'सुपर फोर' मा भारत र श्रीलङ्का पनि छन् । 

Logo