रोनाल्डो वालोन डी ओरको प्रारम्भिक सूचीमै अटाएनन्

रोनाल्डो वालोन डी ओरको प्रारम्भिक सूचीमै अटाएनन्


क्रिस्टियानो रोनाल्डो विश्व प्रतिष्ठित फुटबल अवार्ड वालेन डी ओरको प्रारम्भिक सूचीमा अटाएका छैनन्। आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गर्दा रोनाल्डो नपरेका हुन्।

सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन्। रोनाल्डो ५ पटक यस अवार्डका विजेता हुन्। उनी अहिले साउदी क्लब अल नासिरबाट ब्यवसायीक फुटबल खेलिरहेका छन्।

३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गर्दा म्यानचेस्टर सिटीका ७ खेलाडीले स्थान बनएका छन्। जसमा प्रिमियर लिग खेल्ने १२ खेलाडी समावेश छन्।  लियोनल मेस्सीलाई समावेश गर्दै आयोजकले प्रारम्भिक सूची सार्वजनीक गरेको हो। 

प्रारम्भिक खेलाडीको सूची :

जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी

जमाल मुसियाला – बायर्न म्युनिख

आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड

करिम बेन्जिमा – अल इत्तिहाद

मोहमद सलाह – लिभरपुल

बुकायो साका – आर्सनल

केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी 

जुड बेलिङघम – रियल मड्रिड

रेन्डल कोलो मुआनी – पीएसजी

बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी

ख्विचा क्वारत्सखेलिया – नापोली

निकोलो बरेला – इन्टर मिलान

एमिलियानो मार्टिनेज – एस्टन भिल्ला

रुबेन डायस – म्यानचेस्टर सिटी

एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी

मार्टिन ओडेगार्ड – आर्सनल 

इलके गुन्डोगन – बार्सिलोना

यासीन बौनौ – सेभिल्ला

जुलियन अल्वारेज – म्यानचेस्टर सिटी

भिनिसियस जुनियर – रियल मड्रिड

रोड्री – म्यानचेस्टर सिटी 

एन्टोनी ग्रिजम्यान – एट्लेटिको मड्रिड

लियोनल मेस्सी – इन्टर मियामी

लुटोरो मार्टिनेज – इन्टर मिलान

रोबर्ट लेवान्डोस्की  – बार्सिलोना

किम मिन जे – बार्यन म्युनिख

लुका मोड्रिक – रियल मड्रिड

केलियन एमबाप्पे – पीएसजी

ह्यारी केन – बायर्न म्युनिख

विक्टर ओसिम्हेन  – नापोली

Logo