युरोकप २०२४ छनोटअन्तर्गत पोर्चुगलले पाँचौ खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा बिहीबार राती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको छ।
समूह जे अन्तर्गत शुक्रबार राती भएको खेलमा स्लोभाकिया १–० गोल अन्तरले पराजित भएको हो। स्लोभाकियाको घरेलु मैदानमा पोर्चुगलका लागि निर्णायक गोल ब्रुनो फर्नान्डीजले ४३ औँ मिनेटमा गरे।
पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ समूह 'जे' को शीर्षस्थानमा रहेको छ। ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।































प्रतिक्रिया