न्युजिल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डसँग सानदार रुपमा विजयी भएको छ।ओपनर डेभन कन्वे र ड्यारियल मिचेलको उत्कृष्ट शतकको सहयोगमा सानदार रुपमा विजयी भएको हाे।
इंग्ल्यान्डको कार्डिफमा शुक्रबार राती सम्पन्न खेलमा न्युजिल्यान्डले ८ विकेटको सानदार जित हात पारेको छ। यो जितसँगै चार ओडिआई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।
इंग्ल्यान्डले दिएको २ सय ९२ रनको लक्ष्य न्युजिल्यान्डले ४५ दशमलब ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। न्युजिल्यान्डको जितमा ड्यारियल मिचेल र डेभोन कन्वेले शतक प्रहार गरे । मिचेलले ९१ बलमा ७ चौका र ७ छक्कासहित १ सय १८ रनको अविजित शतकीय इनिङ खेले ।
कन्वे १ सय २१ बलमा १३ चौका र १ छक्कासहित १ सय ११ रनमा अविजित शतकीय इनिङ खेले। विल योंग २९ र हेनरी निकोलस २६ रनमा आउट भए। इंग्ल्यान्डका आदिल राशिद र डेविड विल्लीले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन। कप्तान जस बटलरले ६८ बलमा ५ चौका र २ छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
डेविड मलान ५३ बलमा ९ चौकासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए। फिनिसर लियाम लिभिङस्टोनले ४० बलमा ३ चौका र ३ छक्कासहित ५२ रनको रनको अर्धशतकीय इनिङ खेलेका थिए।
बेन स्टोक्सले ६९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले। ह्यारी ब्रुक ४१ बलमा २ चौकासहित २५ रनमा आउट भए। न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिएका थिए। लोकी फर्गुसनको नाममा १ विकेट रह्यो। दोस्रो खेल आइतबार हुनेछ ।































प्रतिक्रिया