युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित दर्ता गरेको छ। तेस्रो खेलमा दोस्रो जित हात पार्नेक्रममा बिहीबार राती सम्पन्न खेलमा स्पेनले जर्जियालाई पराजित गरेको हो।
समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेन ७-१ गोल अन्तरले विजयी भएको हो। जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए।
त्यस्तै स्पेनका लागि ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले समान १/१ गोल गर्दा एक गोल स्पेनले उपहार पाएको थियो। उता,जर्जियाका लागि एकमात्र गोल चाकभेटाड्जले गरेका हुन्।
स्पेन ३ खेलमा २ जितका साथ समूह 'ए' को दोस्रो स्थानमा रहेको छ। यस समूहमा स्कटल्यान्ड अपराजित रहेको छ। ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन्। जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ।





























प्रतिक्रिया