नर्थ म्यासेडोनियासँग ईटली बराबरीमा रोकियो

नर्थ म्यासेडोनियासँग ईटली बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

युरोकप २०२४ छनोटअन्तर्गत ईटलीले नर्थ म्यासेडोनियासँग बराबरीमा रोकिएको छ। तेस्रो खेलमा बराबरीबको नतिजा निकालेको ईटली १-१ गोलमा रोकिएको थियो। 

समूह सि अन्तर्गत शनिबार राती भएको खेलमा ईटलीका लागि किरो ईममोबिल र म्यासेडोनियाका लागि ईनिस बर्डिहिले गोल गरेका थिए। नर्थ म्यासेडोनियाको घरेलु मैदानमा किरोले ४७ औँ मिनेटमा ईटलीलाई अग्रता दिलाए पनि ईनिसले ८१ औँ मिनेटमा बराबरी गोल फर्काए। 

ईटली ३ खेलमा १ जित, १ हार र १ बराबरीका साथ समूह सी को तेस्रो स्थानमा रहेको छ। म्यासेडोनिया चार खेलमा ४ अंकका साथ चौथो स्थानमा रहेको छ। 

Logo