युरोकप २०२४ छनोटअन्तर्गत पोल्यान्ड अल्बानियासँग पराजित भएको छ।आईतबार राती सम्पन्न खेलमा पोल्यान्ड अल्वानियासँग पराजित भएको हो।
समूह ई अन्तर्गत आईतबार राती भएको खेलमा अल्बानिया २-० गोल अन्तरले विजयी भएको हो।अल्बानियाको घरेलु मैदानमा पोल्यान्डविरुद्ध जनसिर असानि र मिरलिन्ड डाकुले समान १/१ गोल गरेका थिए।
असानीले ३७ औँ मिनेटमा गोल गदै अल्बानियालाई अग्रता दिलाएका थिए। मिरलिन्डले ६२ औँ मिनेटमा अल्बानियाका लागि दोस्रो गोल गरे।अल्बानिया ५ खेलमा ३ जितका साथ समूह ई को शीर्ष स्थानमा रहेको छ।
पोल्यान्ड भने ५ खेलमा ६ अंकका साथ चौथो स्थानमा रहेको छ। ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन्। जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ।































प्रतिक्रिया