आइसीसी पुरुष क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा

आइसीसी पुरुष क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

साबिकको उपविजेता न्युजिल्यान्ड केन विलियम्सलाई समेट्दै भारतमा हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ।  विलियम्स गत आईपीएलका क्रममा गम्भिर घाईते भएका थिए।केनले यस संस्करणको विश्वकप गुमाउने अनुमान गरिएको थियो। 

केनको कप्तानीमा १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। न्युजिल्यान्डले विश्वकप उद्घाटन खेलमा इंग्ल्यान्डसँग खेल्नेछ। विश्वकपको उद्घाटन खेल ५ अक्टोबरमा हुनेछ ।

न्युजिल्यान्डको टिम

केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कोन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचल स्यान्टनर, इश सोधी, टिम साउदी र विल योङ। 

Skip This
Skip This
Logo