विराट कोहली र लोकेश राहुलको सानदार शतकीय इनिङमा भारतले एसिया कपमा पाकिस्तानविरुद्ध विशाल योगफल प्रस्तुत गरेको छ ।
श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा मात्र २ विकेट गुमाउँदै ३५६ रन बनाएको हो । आइतबार वर्षाका कारण रोकिएको सुपर फोरकाे खेल सोमबार पुनः भएको हो ।
भारतका लागि कोहलीले सर्वाधिक १२२ रनको शतकीय इनिङ खेले । उनले ९४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, केएल राहुलले १०६ बलको सामना गर्दै १११ रनको शतकीय इनिङ खेले । सो क्रममा उनले १२ चौका र २ छक्का हाने । उनीहरु दुवै अविजित रहे ।
आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । पहिलो दिन कोहली ८ र राहुल १७ रनमा नटआउट थिए । त्यसपछि आज उनीहरुले उक्त विशाल साझेदारी गरेका हुन् ।
भारतलाई पहिलो दिननै ओपनर रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १६.४ ओभरमा १२१ रनको शानदार शतकीय साझेदारी गरेका थिए । गिल ५८ रनमा क्याच आउट हुँदा रोहित ५६ रनमा पवेलियन फर्किएका थिए ।
बलिङमा शादब खान र शाहिन शाह अफ्रिदीले समान एकएक विकेट लिए । अन्य खेलाडी विकेटविहीन बने । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले अस्वस्थ रहेकाले आज पूरै ओभर बलिङ गर्न सकेनन् । उनको अभाव मैदानमा खड्किएको थियो ।































प्रतिक्रिया