दोस्रो खेलमा नेपाल म्यानमारसँग पराजित

दोस्रो खेलमा नेपाल म्यानमारसँग पराजित

केन्द्रबिन्दु
0
Shares

म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । 

खेलको ८५औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । म्यानमारका लागि विन न्याङ तुङले गरेको गोल नै निर्णायक गोल बनेको हो । नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरण कुमार लिम्बुले पहेंलो कार्ड पनि पाए ।

पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो । नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थानमाथि १६०औं स्थानमा उक्लिएको छ । 

Logo