मसाज गर्न मिल्ने म्याक्सको लक्जरियस इभी मिफा-९ नाडा अटो शोमा, झुम्मिए अवलोकनकर्ता

मसाज गर्न मिल्ने म्याक्सको लक्जरियस इभी मिफा-९ नाडा अटो शोमा, झुम्मिए अवलोकनकर्ता


पछिल्लो समय नेपाली उपभोक्ताहरुको रोजाइमा विद्युतीय सवारी पर्न थालेसँगै नयाँ र आकर्षक सेवा सुविधा भएका विद्युतीय गाडी भित्र्याउने होडबाजी नै चलेको छ। 

यसैबिच नाडा अटो शो २०२३ मा सार्वजनिक गरिएको म्याक्ससको नयाँ लक्जरियस इभी मिफा- ९ पनि यतिबेला उपभोक्ता तथा अवलोकनर्ताहरुको विशेष रोजाइमा परेको छ। 

नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्जालन भइरहेको नाडा अटो शोमा आकर्षक सुविधासहित इभी मिफा- ९ सार्वजनिक गरेको हो। 

म्याम्ससको नयाँ उत्पादन इभी मिफा- ९ मा भएको मसाज गर्न मिल्नेलगायत लक्जरियस फिचरर्सले अवलोकनकर्ता, उपभोक्ताहरु आकर्षित भएको देखिन्छ। इभी मिफा-९ को मुख्य विशेषतामा सातवटा सिटमध्ये मध्यभागमा रहेका २ वटा सिटमा मसाज गर्न मिल्ने सुविधा पनि छ, जुन सुविधालाई अवलोकनकर्ताले विशेष रुपमा लिएको कम्पनीको भनाइ छ। 

मिफा–९ इभीमा ९० किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। उक्त ब्याट्रीले एक पटक फुलचार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। गाडीको मूल्य १ करोड ४० लाख रुपैयाँ तोकिएको छ।

Logo