उल्भ्समाथि लिभरपुलको जित

उल्भ्समाथि लिभरपुलको जित

केन्द्रबिन्दु
0
Shares

लिभरपुलले अन्तिम समयमा दुई गोल गर्दै उल्भ्समाथि ३-१ को रोमाञ्चक जित दर्ता गरेको छ। पछिल्लो जितले केही समयका लागि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ।

एन्डी रोबर्टसनले ८५ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाएका थिए। प्रिमियर लिगमा २ सयौं खेलमा उत्रिएका रोबर्टसनले मोहमद सलाहको पासलाई सदुपयोग गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै लिभरपुलका हार्वे इलियटको प्रहार उल्भ्सका डिफेन्डर ह्युगो ब्युनोसँग ठोक्किएर पोस्टभित्र छिरेपछि लिभरपुलले ३-१ को आरामदायी जित निकाल्यो।

सुरुआतमा कोडी गोक्पोले दोस्रो हाफमा सलाहकै पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा फर्काएका थिए। खेलको सुरुआती अग्रता भने घरेलु टोली ह्याग हि चानको गोलमा लिएको थियो। 

लिभरपुलका तीनै गोलमा मोहमद सलाहको भूमिका महत्वपूर्ण रह्यो। सलाहले तीनै गोलका लागि अन्तिम पास उपलब्ध गराएका थिए।लिभरपुलले ५ खेलबाट १३ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

Skip This
Skip This
Logo