साउदी प्रो लिगमा अल नासरको लगातार चौथो जित

साउदी प्रो लिगमा अल नासरको लगातार चौथो जित

केन्द्रबिन्दु
0
Shares

साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार चौथो जित निकालेको छ।

शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल रइदलाई पराजित गरेको हो। अल नासर ३-१ गोल अन्तरले विजयी भएको थियो। रोनाल्डो, साडियो माने र टलिस्काले समान १/१ गोल गरेका थिए।

त्यसै गरि अल रइदका लागि एक सान्त्वना गोल मुहमद फुजायरले गरेका थिए। यो जितसँगै अल नासर ६ खेलबाट १२ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ।त्यस्तै, अल रइद भने ६ खेलमा ४ अंक सहित पन्ध्रौं स्थानमा रहेको छ।

Logo