मोहम्मद शिराज एक्लैले ६ विकेट लिँदा संकटमा श्रीलंका

मोहम्मद शिराज एक्लैले ६ विकेट लिँदा संकटमा श्रीलंका

केन्द्रबिन्दु
0
Shares

भारतका तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङमा एसिया कप २०२३ को फाइनलमा श्रीलंका संकटमा परेको छ । 

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १२ ओभरमा ८ विकेट गुमाउँदै ४० रन जोडेको हो । पहिलो ओभरको तेस्रो बलमै जसप्रित बुमराहबाट ओपनर कुशल परेरालाई शून्यमा गुमाएको श्रीलंकाले चौथो ओभरमा मात्रै ४ विकेट गुमायो । 

शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । दोस्रो बल सदीरा समराविक्रमाले खेलेनन् । तेस्रो बलमा उनी एलबीडब्ल्यू आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि शिराजले पवेलियन फर्काए  ।

शिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डि सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आउट गर्दा ११औं कुशल मेन्डिसलाई पनि १७ रनमा आउट गरे । त्यसपछि हार्दिक पाण्ड्याले एक विकेट लिए । 

Logo