शीर्ष स्थानमा फर्कियो रियल मड्रिड

शीर्ष स्थानमा फर्कियो रियल मड्रिड

केन्द्रबिन्दु
0
Shares

एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराएको छ। जीतसँगै सिजनमा शत प्रतिशत नतिजा राखेर रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको पाँचौ मिनेटमा नै बारेनेटसियाले रियलको घरेलु समर्थकलाई स्तब्ध बनाएका थिए। तर, दोस्रो हाफको सुरुवातमा नै फेडेरिको भालभर्डेले रियलका लागि बराबरी गोल फर्काए। ६० औँ मिनेटमा जोसेलुले विजयी गोल गर्दै रियलको पुनरागमन पूरा गरे। दुवै गोलको अवसर फ्रान गार्सियाले सिर्जना गरेका थिए।

यता जुड बेलिङह्यामको गोल वर्षामा भने पूर्णविराम लागेको छ। रियलका लागि सुरुका चार खेलमा पाँच गोल गरेका बेलिङह्यामले इन्जुरी समयमा गोलको अवसर पाए पनि त्यसलाई गोलकिपर एलेक्स रामिरोले उत्कृष्ट बचाउ गरेका थिए।

५ खेलपछि रियलको १५ अङ्क रहेको छ भने सोसिडाडले समान खेलबाट ६ अङ्क बटुल्दै लिगको ११ औँ स्थानमा सीमित छ । अन्य खेलमा गेटाफेले ओसासुनालाई ३-२ गोलले हरायो भने भिल्लारियाले अल्मेरियालाई २-१ तथा सेभियाले लास पालामासलाई १-० गोले पराजित गर्‍यो ।

Logo