एभर्टनमाथि आर्सनलको कठिन जित

एभर्टनमाथि आर्सनलको कठिन जित

केन्द्रबिन्दु
0
Shares

प्रिमियर लिग फुटबलमा आर्सनलले कठिन जित निकालेको छ।आईतबार राति आर्सनलले एभर्टनमाथि १-० को कठिन जित आत्मसाथ गरेको हो। गुडसिनपार्कमा लियन्ड्रो ट्रोसार्डले ६९ औं मिनेटमा आर्सनलका लागि विजयी गोल गरेका थिए। 

पहिलो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ट्रोसार्डले बुकायो साकाको पासलाई सदुपयोग गर्दै लण्डन क्लबका लागि विजयी गोल गरेका हुन्।

मार्टिनिलीले पहिलो हाफमा गरेको गोल भारमार्फत अमान्य भएपनि आर्सनलले दोस्रो हाफमा गोल निकाल्न सफल भएको हो। गुडसिन पार्कमा भएको पछिल्लो ५ खेलमा आर्सनल जित विहीन थियो। सो क्रमलाई आर्सनलले समाप्त गरेको छ। 

आर्सनलले नयाँ सिजन राम्रो सुरुआत गरेको छ। मिकेल अर्टेटाको टिम नयाँ सिजन अपराजित छ। रेलिगेशन जोनमा रहेको एभर्टनको मात्र एक अंक छ। 

Logo