एएफसि च्याम्पियन्स लिगमा अल नासरको सुखद सुरुआत

एएफसि च्याम्पियन्स लिगमा अल नासरको सुखद सुरुआत


एएफसि च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरले पहिलो खेलमा जितका साथ सुखद सुरुआत गरेको छ।  मंगलबार राती सम्पन्न खेलमा नासरले ईरानी क्लब प्रिसिपोलिसलाई २-० गोल अन्तरले पराजित गरेको छ। 

प्रिसिपोलिसको घरेलु मैदानमा भएको खेलमा नासरको जितमा मोहम्मद कासिमले १ गोल गर्दा डानियलले १ आत्मघाती गोल गरे।  ६२ औँ मिनेटमा डानियलको आत्मघाती गोलमा अग्रता लिएको नासरका लागि कासिमले ७२ औँ मिनेटमा दोस्रो गोल गरे।

५२ औँ मिनेटमा प्रिसिपोलिसका मिलाड सर्लाक रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।जितसँगै अल नासर समूह ई को शीर्ष स्थानमा छ। पराजित प्रिसिपोलिस चौथो स्थानमा छ। 

Logo