गल्फ टी-ट्वान्टीमा ओमानमाथि बहराइनको रोमान्चक जित

गल्फ टी-ट्वान्टीमा ओमानमाथि बहराइनको रोमान्चक जित


कतारमा जारी रहेको गल्फ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा बलियो मानिएको ओमानमाथि बहराइनले रोमान्चक जित निकालेको छ। कतारमा मंगलबार राती भएको खेलमा बहराइनले १ रनको रोमान्चक जित दर्ता गरेको छ।

बहराइनले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा १ सय २२ रनमा अलआउट भयो।  ओमानका लागि ओपनर कश्यप प्रजापतीले ५३ बलमा ३ चौकाको सहयोगमा ४९ रन बनाए। आयान खानले २१ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । 

ओमानलाई अलआउट गर्न रिजवान बटले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। इमरान अनअरले २ तथा सथैया वीरपतिरण र हैदर बटले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।बहराइनका लागि इमरान अलिले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाए। हैदर बटले १८ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए।

जितका साथ बहराइन ४ खेलमा २ जित र २ हारका साथ ४ अंकमा रहेको छ।अंक तालिकामा बहराइन चौथो स्थानमा छ।पराजित ओमान ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा रहेको छ। 

Logo