एसियाली खेलकुदः पुरुष भलिबलमा नेपाल प्रतियोगिताबाट बाहिरियो

एसियाली खेलकुदः पुरुष भलिबलमा नेपाल प्रतियोगिताबाट बाहिरियो


नेपाली पुरुष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।

पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई  २५–९, २५–१५ र २५–१३ ले हरायो ।

नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो । 

Logo