विश्वकप छनोटमा नेपाल र ओमान एकै समूहमा, पहिलो खेल सिंगापुरसँग

विश्वकप छनोटमा नेपाल र ओमान एकै समूहमा, पहिलो खेल सिंगापुरसँग


आगामी महिना हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र ओमान एकै समूहमा परेका छन् ।

प्रतियोगिता आगामी कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएईसहित बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने राष्ट्र रहेको छ ।  

एसिया क्वालिफायर ए छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

घरेलु टोली नेपालले सिंगापुरसँग खेल्दै प्रतियाेगिताकाे सुरुवात गर्नेछ । पहिलोे खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग टियु क्रिकेट मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ । नेपालका सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् ।

शीर्ष दुई मा रहने दुबै समूहका टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

Logo