फिफा वरीयताः नेपाल र विश्वविजेता अर्जेन्टिनाकाे स्थान यथावत्

फिफा वरीयताः नेपाल र विश्वविजेता अर्जेन्टिनाकाे स्थान यथावत्

केन्द्रबिन्दु
0
Shares

विश्वविजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । 

सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत रहदाँ कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। 

नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन् । वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चगुल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन्। 

नयाँ वरीयताअनुसार नेपालले १७५औँ स्थानमा यथावत छ। यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो । वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२औँ स्थानसहित पहिलो छ। १५५औँ वरीयता पाएको माल्दिभ्स दक्षिण एसियामा दोस्रो छ। दक्षिण एसियामा नेपालपछि भुटान १८४ औँमा छ। उता बंगलादेश १८९औँ स्थानमा छ। पाकिस्तान १९७औँ स्थानमा रहँदा श्रीलंका २०२ औँमा छ।

Skip This
Skip This
Logo