युरोपा लिग फुटबलमा लिभरपुलको शानदार सुरुआत

युरोपा लिग फुटबलमा लिभरपुलको शानदार सुरुआत

केन्द्रबिन्दु
0
Shares

युरोपा लिग फुटबलमा लिभरपुलले शानदार सुरुआत निकालेको छ।  बिहीबार राति समूह इमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३-१ को सहज जित निकालेको हो।

पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो।  खेलको ५६ औँ मिनेटमा डर्विन नुनेजले पेनाल्टीमार्फत लिभरपुललाई खेलमा फर्काएका थिए। लुइस डियाजले ६३ औँ मिनेटमा लिभरपुललाई अघि बढाए। 

खेल सकिन दुई मिनेट बाँकी छदा मोहमद सलाहले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए। उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए।

खेलमा अग्रता घरेलु टोलीले १४ औँ मिनेटमा फ्लोरियन फ्लिकरको गोलबाट लिएको थियो। प्रशिक्षक योर्गेन क्लोपले पछिल्लो खेलमा उल्भ्सविरुद्ध उतारेका खेलाडीमा ११ जनालाई परिवर्तन गरेका थिए।

Skip This
Skip This
Logo