कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का अगाडि बढेको छः कार्यवाहक प्रधानमन्त्री खड्का

कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का अगाडि बढेको छः कार्यवाहक प्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । 

शुक्रबार नेपाल क्रिकेट संघ क्यानको निर्वाचन साधारण सभालाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले नियामक निकाय र अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त नहुने भन्दै पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् ।
 
उनले भने, ‘तमाम चुनौतीका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिको रक्षा गर्ने र बढोत्तरी गर्ने मात्र होइन । यसका नियामक निकायमा अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त हुँदैन । क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण समेत बनाउनुपर्छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको जानकारी दिए । थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको उनको भनाई छ ।  

उनले भने, ‘कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको छ । थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको छ ।’

Logo