१९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट सुरु

१९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट सुरु

केन्द्रबिन्दु
0
Shares

​एसियाली खेलकुदको महाकुम्भ शनिबारबाट औपचारिक रूपमा चीनको हाङझाउमा शुरु हुँदैछ।

१९ औँ संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा साँझ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिन चीन पुगिसकेका छन् । 

कोभिड–१९ का कारण  एक वर्ष पछि हुन लागेको १९ औँ एसियाडका लागि चीनको उत्तरी दक्षिणी शहर हाङझाउ दुलहीझैँ सिंगारिएको छ।  

दुई घण्टा चल्ने उद्घाटन समारोहमा ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन्। असोज २१ गतेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। विभिन्न ४० खेलका ४८१ इभेन्ट्समा प्रतिस्पर्धा हुदैेछ ।

उद्घाटन समारोहमा हुने मार्चपासमा महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ। दुवै खेलाडी दक्षिण एशियाली स्वर्णधारी हुन्।

विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २, स्पोर्टसमा २३, कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

Logo