विजयीपछि पारस खड्काले भने- क्रिकेटमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्छु

विजयीपछि पारस खड्काले भने- क्रिकेटमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्छु

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित सचिव पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने प्रतिबद्दता जनाएका छन् । 

क्यानको निर्वाचनबाट सचिव पदमा विजयी भएका खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्दता जनाएका हुन् । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे । उनको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे । 

Logo