ओमानले युएईलाई हरायो

ओमानले युएईलाई हरायो

केन्द्रबिन्दु
0
Shares

आगामी महिना नेपालमा आयोजना हुने टी-ट्वान्टी विश्वकप छनोटमा नेपालसँग एकै समूहमा रहेको ओमानले बलियो टोली युएईलाई हराएको छ।ओमानले पहिलो संस्करणको गल्फ क्रिकेट टी-ट्वान्टी आई च्याम्पियनसिपको फाइनलमा युएईलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो।  युएईका कप्तान मोहम्मद वासिमले ३१ बलमा २ चौका र ४ छक्कासहित ४६ रन बनाए। आसिफ खान ३३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाए। युएईले दिएको १ सय ६४ रनको लक्ष्य ओमानले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे।  

कप्तान अकिब इलियासले ३३ बलमा ८ चौका र ४ छक्कासहित ६७ रनको अर्धशतकीय ईनिङ खेले। आयन खान ३८ बलमा ४ चौकासहित अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले।शोएब खान २१ बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट भए। युएईका लागि मोहम्मद जवादुल्लाह र जहुर खानले समान २/२ विकेट लिए।

बासिल हामिद २३ बलमा १ चौका र ३ छक्कासहित अविजित ३६ रनमा बनाए ।  अली नासिर १० बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । ओमानका लागि बिलाल खान र कप्तान अकिब इलियासले समान २/२ विकेट लिए । 

Skip This
Skip This
Logo