आज नेपाल र मालदिभ्स भिड्दै

आज नेपाल र मालदिभ्स भिड्दै

केन्द्रबिन्दु
0
Shares

साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रङ्गशालामा सुरु हुनेछ।

समूह चरणको पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई सेमिफाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ।

बराबरी या हारले पनि नेपाली टोली समूह चरणबाटै बाहिरिनेछ। उता मालदिभ्सलाई भने सेमिफाइनलमा पुग्न बराबरी नै पर्याप्त हुनेछ। शनिबार भएको खेलमा मालदिभ्स र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई जित्नै पर्ने समीकरण बनेको हो।

नेपाल रहेको समूह ए बाट २ खेलमा जित र एकमा बराबरी गर्दै ५ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ। समूह बी मा बङ्गलादेश, भुटान र भारत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

Logo