नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल आज दिउँसो १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज दिउँसो चीन जाने भएका छन्। सन्दीप र सागर आज दिउँसो साढे १२ बजे चीन जान लागेका हुन्।
नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ। नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ। सन्दीप आइतबार बलात्कार मुद्दाकाे जिल्ला अदालत काठमाडौँमा पेशीको कारण सोमबार जाने कार्यक्रम थियो।
तर सन्दीप सोमबार मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै सन्दीप गएका थिएनन्। चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेपछि उनी जान तयार भएका हुन्।
उता सागर ढकाल स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएपछि बूटीबोनमा चोटका कारण ललितले एसियाड गुमाउने छन्।































प्रतिक्रिया