इपीएल कप फुटबलमा प्यालेसलाई हराउँदै युनाईटेड चौथो चरणमा

इपीएल कप फुटबलमा प्यालेसलाई हराउँदै युनाईटेड चौथो चरणमा

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाईटेडले इपीएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। मंगलबार राति क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै युनाईटेड चौथो चरणमा प्रवेश गरेको हो।

एलेजान्द्रो गार्नाचोले २१ औँ मिनेटमा युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए। क्यासमिरोले २७ औँ मिनेटमा युनाईटेडको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २-० ले अघि बढेको युनाईटेडका लागि मार्टियलले ५५ औँ मिनेटमा तेस्रो गोल गर्दै सहज जित दिलाएका थिए।

सुरुआती ११ मा मासन माउन्ट फर्किएको खेलमा समरमा अनुबन्धित सोफियान अमराबातले डेब्यु गरेका थिए। माउन्टले दोस्रो गोलमा कासामिरोलाई अन्तिम पास समेत उपलब्ध गराएका थिए। 

Logo