ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाकाे बार्षिक ईन्ट्रा कप सम्पन्न

ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाकाे बार्षिक ईन्ट्रा कप सम्पन्न


मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भब्य सफलता पश्चात ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कस्थित रोचेस्टरमा आफ्नो बार्षिक ईन्ट्रा कप २०२३ सक्कर र भलिबल टूर्नामेन्टको सफलतापूर्वक सम्पन्न भएको छ । 

हालै सम्पन्न टूर्नामेन्टका बारेमा बोल्दै ईन्ट्रा फाउन्डेशनका अध्यक्ष दिल्ली अधिकारीले भने- ‘खेलकुदमा सहभागिता प्रबद्र्धन गर्दै समुदाय माझ स्पोर्ट्सम्यानशिपलाई बढावा दिनु ईन्ट्रा कप २०२३को प्रमुख उद्देश्य हो । खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो ।’ 

खेलको माध्यमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रबद्र्धनसमेत कार्यक्रमको उद्देश्य भएको उनले जानकारी दिए । 

तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (पूरुष) तर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (महिला) तर्फका विजेता शाइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप ईन्टरस्टेट सक्कर टूर्नामेन्ट २०२३ (भेटरान)को उपाधि लगातार दोस्रो बर्षपनि सिन्सी ईन्ट्रा एफसीले जितेको छ । सिन्सी ईन्ट्राले यो जितसंगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पारेका छन् ।

तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (महिला)को उपाधि बेलमोन्टले जितेको छ । तिनले ८ हजार अमेरिकी डलर नगद हात पारेका छन् । तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (पूरुष)को उपाधि रुकुम एले जितेको छ । साथै १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् ।

प्रतियोगिताको प्रयोजकहरुमा जोर्शिमाल ज्वेलरी, गोल नेपाल डट कम, हर्से स्पाइस रेस्टूराँ एण्ड बार, ओम गोल्ड हाउस मेलिश ज्वेलर्स, पाथिभरा ज्वलेर्स , अल इन वान युनिट, एवान लेन्डिङ टिम, गौतम ईन्स्योरेन्स एजेन्सी रहेका छान् । त्यसैगरी, तेस्रो ईन्ट्रा कपका सपोर्टर्समा ईन्ट्रा नेशनल फार्मेसी, म्याजिक अफ लभ होमकेयर एलएलसी, स्टार प्लस होम हेल्थ केयर, एलएलसी, होराइजन केयर, जीएचसी, अमेरिकेयर हेल्थ सर्भिसेज आईएनसी, ईन्ट्रानेशनल होम केयर, सेरिनिटी होम हेल्थ एजेन्सी, फिरस्ट्याट नर्सिङ सर्भिसेज एलएलसी रहेका थिए । 

Logo