ग्रिजम्यान चम्कँदा एट्लेटिको मड्रिडको जित

ग्रिजम्यान चम्कँदा एट्लेटिको मड्रिडको जित


एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित दर्ता गरेको छ। बिहीबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले २–० को जित निकालेको हो।

ग्रिजम्यानले खेलको २० औँ मिनेटमा कठिन कोणबाट गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए। खेल सकिन ९ मिनेट बाँकी छदाँ रोड्रिगो रिक्केलमेले गोल गर्दै एट्लेटिको मड्रिडको जित सुनिश्चित गरे ।

ग्रिजम्यान खेलको म्यान अफ दी म्याच घोषित भए ।मड्रिड डर्बीमा रियलविरुद्ध जित हात पारे लगत्तै एट्लेटिकोले अर्को सुखद नतिजा निकालेको हो।  एट्लेटिको ६ खेलबाट १३ अंक सहित तालिकाको पाँचौं स्थानमा छ।

Logo