स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभिल्लालाई हराएको छ। शुक्रबार राति बार्सिलोनाले सेभिल्लालाई १–० ले हराएको हो। 

बार्सिलोनाको जितमा सर्जियो रामोसको आत्मघाति गोल पर्याप्त रह्यो। खेलको ७६ औँ मिनेटमा रामोसको आत्मघाति गोलमा बार्सिलोना विजयी बनेको हो। 

रियल मड्रिडका पूर्व स्टार रामोस यतिबेला बाल्यकालको क्लब सेभिल्लामा छन्। दुई वर्ष पेरिस सेन्ट जर्मेन पीएसजीमा बिताएर उनी सेभिल्ला फर्किएका हुन्। 

जित सहित बार्सिलोना ला लिगाको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले ८ अंक बनाएको छ।सेभिल्ला ७ अंक सहित १२ औं स्थानमा छ।

Logo