आज भारत र पाकिस्तान भिड्दै

आज भारत र पाकिस्तान भिड्दै


यू-१९ साफ च्याम्पियनसिप उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै छन्। खेल काठमाडौँको दशरथ रंगशालामा अपराह्न ५:३० बजे हुनेछ।

सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए। पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो। दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन्।

Logo