भारतले जित्यो साफ यु-१९ च्याम्पियनसिपको उपाधि

भारतले जित्यो साफ यु-१९ च्याम्पियनसिपको उपाधि


भारतले साफ यु१९ च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३-० गोलअन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने भारतले उत्कृष्ट पुनरागमन गर्न सफल भयो । पाकिस्तान भने खेलको इञ्ज्युरी समयमा भने १० खेलाडीमा समेटिएको थियो । 

खेलको ६४औं मिनेटमा मागेथाङ किपगेनले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले ८५औं मिनेटमा फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनी परिवर्तित खेलाडी हुन् । साथै इन्जुरी समयको १ मिनेट बाँकी रहँदा गोगोसर गोएरीले गरेका थिए ।

योसँगै भारतले तेस्रोपटक साफ यु१९ को उपाधि जितेको छ । यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । भारतले घरेलु टोली नेपाललाई पेनाल्टीमा हराउँदै फाइनलमा पुगेको थियो । 

Logo