नेपालले माल्दिभ्सविरुद्ध टस जत्यो

नेपालले माल्दिभ्सविरुद्ध टस जत्यो


नेपालले चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ। पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलेको छ। दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएको छ।

विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औँ र नेपाल १६ औँ स्थानमा छ। त्यसमा पनि माल्दिभ्सको दोस्रो रोजाईको टोली छ। माल्दिभ्स र नेपालबीच हालसम्म दुई टि२० आई खेल भएको छ। २०१९ को १३ औं एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा माल्दिभ्स नेपालसँग ५ विकेट र ८४ रनले पराजित भएको थियो।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।

Logo