आर्सनलको सहज जित

आर्सनलको सहज जित


इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनलले बर्नमाउथ माथि सानदार जित हासिल गरेको छ। तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा आर्सनलले ४-० जित हासिल गरेको हो।

आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभर्टजले र बेन व्हाइटले समान एक गोल गरे। साकाले खेलको १७औँ मिनेटमा अग्रता दिलाएका थिए। जिससको प्रहार पोस्टमा लागेर फर्किएपछि उनले रिबाउन्डमा गोल गरेका थिए। त्यसपछिको दुई गोल आर्सनलले पेनाल्टी मार्फत गर्यो।

४३औँ मिनेटमा एनकेटियामाथि भएको फाउलले गर्दा पाएको पेनाल्टीमा ओडेगार्डले गोल गरेका थिए। ५३औँ मिनेटमा आर्सनलले अर्को पेनाल्टी पायो। ओडेगार्डमाथि फाउल हुँदा हाभर्टजले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो सिजनको पहिलो गोल गरे।

यस्तै खेलको अन्तिमतिर ओडेगार्डको पासमा बेन व्हाइटले गोल गर्दै जितको अन्तर चारमा पुर्याए। जित पछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ। पराजित बर्नमाउथ ७ खेलमा मात्र ३ बराबरी सहित १८औँ स्थानमा छ।

Logo