नेपालले पहिलो विकेट गुमायो

नेपालले पहिलो विकेट गुमायो


नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध पहिलो विकेट गुमाएको छ। 

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै ३२ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौकासहित १९ र विनोद भण्डारी ५ बलमा ५ रनमा क्रिजमा छन्।

ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका छन्। आसिफ तीप्र गतिका बर नासिर नाइल इस्मालको बलमा कभरमा सट खेल्ने धुनमा फरिद शिउसबाट क्याच आउट भएका छन्। पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले २.३ ओभरमा २० रनको साझेदारी गरेका थिए ।

Logo