रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा फर्किएको छ। शनिबार राति गिरोनालाई ३-० ले हराउँदै रियल मड्रिडले लिगको शीर्ष स्थानमा पुनरामगन गरेको हो।
जुड बेलिङघम चम्किएको खेलमा रियलले गिरोनामाथि सहज जित निकाल्यो। बेलिङघमले यस सिजन रियल मड्रिडका लागि सिजनको सातौं गोल गरे।
उनकै पासमा जोसेलुले सुरुआती गोल गर्दै रियल मड्रिडलाई खेलमा अघि बढाएका थिए। औरेलियन टचौमेनले टोनी क्रुसको पास सदुपयोग गर्दै रियलका लागि दोस्रो गोल गरेका थिए। जोसेलुको पासमै बेलिङघमले ७१ औँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई ३–० को जित दिलाए।
इन्जुरी समयमा रियलका नाचो रातो कार्ड खादै मैदान छाडेका थिए। बार्सिलोनाले रियल र गिरोनालाई उछिन्दै तालिकाको शीर्ष स्थानमा छ। उसले ८ खेलबाट २१ अंक जोडेको छ। एक समय शीर्ष स्थानमा रहेको गिरोना १९ अंक सहित तेस्रो स्थानमा झरेको छ।
अन्य खेलमा गेटाफे र भिल्ला गोल रहित बराबरी खेल्दा राय भालेकानो र मालोर्काले २-२ को नतिजा आत्मसाथ गरे। अर्को खेलमा रियल सोसिडाडले एट्लेटिको बिल्बाओमाथि ३-० को जित निकाल्यो।































प्रतिक्रिया