फ्रोसिनोनमाथि रोमाको सहज जीत

फ्रोसिनोनमाथि रोमाको सहज जीत

केन्द्रबिन्दु
0
Shares

रोमेलु लुकाकुले आइतबार फ्रोसिनोनमाथि २-० को जीत हात पार्दै रोमालाई सिरी ए सिजनको दोस्रो जित दिलाएका छन्। ३० वर्षीय स्ट्राइकरले हाफ टाइमअघि पाउलो डिबालाको पासमा रोमाका लागि पाँच लिग खेलमा तेस्रो गोल गरेका हुन्।

डिबालाले लोरेन्जो पेलेग्रिनीको लागि दोस्रो गोलको अवसर पनि सिर्जना गरेका थिए। ‘गोलको अगाडि धेरै मेहनत साथ यो महत्त्वपूर्ण जीत हो,’ लुकाकुले भने।

जेनोवामा मध्यहप्ताको ४-१ को लज्जास्पद हारबाट फर्किएपछि जोसे मोरिन्होको संघर्षरत टोली सात खेलबाट ८ अंक जोडेर १२ औँ स्थानमा पुगेको छ।  मोरिन्होले शनिबार उनको कोचिङ करियरको सबैभन्दा खराब सुरुवात गरे पनि आफ्नो भविष्यको बारेमा कुनै डर नरहेको बताएका थिए।

Logo