नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख आउट

नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख आउट

केन्द्रबिन्दु
0
Shares

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३.३ ओभरमा आसिफलाई व्यक्तिगत १० रनमा गुमाएको हो।

उनले ६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । ३.४ ओभरमा उनी आउट हुँदा नेपालले २९ रन बनाएको थियो। अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाउँदै क्रिजमा छन्। नेपालले दुई सय तीन रनको लक्ष्य पछ्याउँदैछ।

Logo