एकदिवसीय विश्वकप: आज पाकिस्तान र नेदरल्याण्ड भिड्दै

एकदिवसीय विश्वकप: आज पाकिस्तान र नेदरल्याण्ड भिड्दै


भारतमा जारी आइसीसी विश्वकपअन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ।  भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुँदै छ।​

नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो। नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ।यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक सन् २०११ को विश्वकप खेलेको थियो।​

त्यसैगरी सन् १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भइसकेको छ। सन् १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको पाकिस्तान सन् १९९९ को विश्वकपमा उपविजेता बनेको थियो। पछिल्लो विश्वकपमा समूह चरणबाट बाहिरिएको पाकिस्तान यस विश्वकपको दाबेदारमध्येको एक देश मानिन्छ।

Logo